२८ जेठ २०८३, बिहीबार

उपनिर्वाचनः रौतहटका तीन पदमा कांग्रेसबाट क–कसले पाए टिकट ?

मंसिर २, २०८१
काठमाडौं
उपनिर्वाचनः रौतहटका तीन पदमा कांग्रेसबाट क–कसले पाए टिकट ?

नेपाली कांग्रेसले उपनिर्वाचनका लागि रौतहटको तीनवटै वडाको अध्यक्ष पदको उम्मेदवारलाई टिकट वितरण गरेको छ।

रौतहटको गढीमाई नगरपालिका -८, राजपुर नगरपालिका -६ र इशनाथ नगरपालिका -७ गरी तीन ठाउँमा उपनिर्वाचन हुन लागेको छ।

नेपाली कांग्रेसले यसअघि नै चयन गरेका यी तीनवटै वडाको अध्यक्ष पदका उम्मेदवारलाई आज टिकट वितरण गरेको कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए।

कांग्रेसबाट गढीमाई नगरपालिका -८ मा सुबोध कुमार यादव, राजपुर नगरपालिका -६ मा सम्से आलम र इशनाथ नगरपालिका -७ मा शेख अब्दुल खलिकले टिकट पाएको प्रचार विभाग प्रमुख गुप्ताले बताए।

उपनिर्वाचन हुन् लागेको जिल्लाको यी तीनवटै वडामा कांग्रेसका ठूलो जनाधार रहेकोले मंसिर १६ गते हुने उपनिर्वाचनमा तीनवटै वडा कांग्रेसले नै जित्ने गुप्ताको दावी छ।

आज मङसिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेकोले मनोनयन दर्ता कार्यक्रममा भारी संख्यामा नेता कार्यकर्तालाई सहभागी हुन उनले सबैलाई आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्