२२ जेठ २०८३, शुक्रबार

कांग्रेसलाई सहयोग नगरेको भन्दै श्रीमतीलार्इ घर निकाला

कात्तिक २५, २०७४
कांग्रेसलाई सहयोग नगरेको भन्दै श्रीमतीलार्इ घर निकाला

मुगु, २५ कात्तिक- आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्। जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो पार्टी नेपाली कांग्रेसलाई सहयोग नगरेको भन्दै पत्नी २६ वर्षीया कर्मा छुइकित तामाङलाई घर निकाला गरेका हुन्।

पत्नी कर्माले वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गरेको र मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा समेत एमालेलाई सहयोग गर्न लागेको भन्दै पत्नीसहित दुई नबालक छोरा–छोरीलाई घर निकाला गरेका हुन्।

वैशाखमा सम्पन्न स्थानीय चुनावमा निमाकी आमा एमालेको तर्फबाट वडा सदस्यमा विजयी भएकी थिइन्। निमाले पत्नी कर्माले आफ्नी आमालाई चुनावी प्रचारप्रसारमा सहयोग गरेको र आफूले भनेको मान्छेलाई मतदान नगरी सासुसहित सबै एमालेका उम्मेदवारलाई भोट दिएको आक्रोश अहिलेको चुनावमा पोखेका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्