
कर्णाली राजमार्गको दैलेख सडक खण्ड, आठबीस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जुम्लाबाट टीकापुर गइरहेको ना ४ ख ६०५६ नम्बरको बस दुर्घटना भएको हो ।
राजमार्गमै बस पल्टिएका कारण सडक अवरुद्ध हुँदा आवागमन रोकिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महताराले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।
बसमा ३२ जना सवार थिए ।