०२ साउन २०८३, शनिबार

माओवादी केन्द्रका नेता राई रहेनन्

मंसिर ८, २०८१
काठमाडौं
माओवादी केन्द्रका नेता राई रहेनन्

 नेकपा माओवादी केन्द्रका नेता पदम राईको निधन भएको छ । पूर्वमन्त्री समेत रहिसकेका उनको शनिबार साँझ निधन भएको हो । 

उनको निधनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निधनले दुखित बनाएको बताएका छन् । प्रचण्डले फेसबुकमार्फत भनेका छन्,  ‘पारकिन्सन रोगबाट थलिनुभएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री  पदम राईको निधनले दुखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्