२१ असार २०८३, आइतबार

जब मध्यरातमा महिलाको शव राजधानीको सडक छेउमा फालेको टिभी फुटेजमा देखियो

मंसिर १०, २०८१
काठमाडौं
जब मध्यरातमा महिलाको शव राजधानीको सडक छेउमा फालेको टिभी फुटेजमा देखियो

मध्यरातमा महिलाको शव बोकेका एक युवाले केही पर सडक छेउमा लगेर फाल्छन् । त्यसपछि उनी आफ्नो गन्तव्यतिर लाग्छन् । उक्त दृश्य सिसी टिभी फुटेजमा कैद हुन्छ । अनि फुटेज प्रहरीको अनुसन्धानको विषय बन्छ । अनुसन्धानमा खटिएका प्रहरीले सिसी टिभी फुटेजकै आधारमा शव फ्याँक्ने युवालाई पक्राउ गर्छन् । 

प्रायः फिल्मीमा देखिने र सुनिने यो घटना यसपटक काठमाडौँको कालीमाटीमै भएको छ । यही मङ्सिर ७ गतेको घटना विवरण आइतबार सार्वजनिक भएपछि सबै चकित छन् । सिसी टिभीमा देखिएको उक्त दृश्यपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती व्यक्तिको खोजी र घटनाको विवरण सङ्कलनमा खटिएको छोटो समयमै शव बोकेर हिँड्ने युवालाई पक्राउ गर्न सफल भएको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले उक्त घटनामा संलग्न व्यक्ति बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका र उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार आइतबार नै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा उनीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ । 

अनुसन्धानमा उनी लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । उनले महिलाको शव बोकेर फाल्ने समयमा लगाएको चप्पल, ट्राउजर र ज्याकेटका आधारमा प्रहरीले खोजी सुरु गरेको थियो । उनलाई त्यही अवस्थामा भेटिएको जिसीले जानकारी दिए । 

मल्लले सिसी टिभी फुटेजमा देखिएका व्यक्ति आफू भएको प्रहरीसमक्ष स्वीकार गरेका छन् । हाल महिलाको शव परीक्षणका लागि पठाइएको र त्यसको ‘रिपोर्ट’ आउन बाँकी रहेकाले घटनाको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार  महिलामाथि बलात्कार भएको आशङ्का गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्