
नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी आज सार्वजनिक सोमबार हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल ट्रफी सार्वजनिक गर्न लागेका हुन् ।
क्यानका अनुसार सोमबार बिहान साढे ८ बजे सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो ।
ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।