२६ असार २०८३, शुक्रबार

अब मेरो कोही छैन भन्ने अवस्था छैन, त्यसका निम्ति सरकार छ : प्रधानमन्त्री ओली

मंसिर ११, २०८१
काठमाडौं
अब मेरो कोही छैन भन्ने अवस्था छैन, त्यसका निम्ति सरकार छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताए ।
 
'अब कसैले अनाथ भएँ भन्नु पर्दैन, मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन, मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन,' उनले भनेका छन्, 'मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ ।'
 
वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएको उनको भनाइ छ । 

कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न उनले आग्रहसमेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्