०६ साउन २०८३, बुधबार

हुम्लामा उपनिर्वाचनका लागि खटाइयो ७३ कर्मचारी

मंसिर ११, २०८१
काठमाडौं
हुम्लामा उपनिर्वाचनका लागि खटाइयो ७३ कर्मचारी

यही मंसिर १६ गते सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनोट गरिएको छ । 

उपनिर्वाचनका लागि कर्मचारी खटाउन निर्वाचन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो । मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले उपनिर्वाचनका लागि ७३ जना कर्मचारी खटाइएका बताए  । 

उनले उक्त निर्वाचनका लागि बाह्र वटा मतदान स्थलमा १३ वटा मतदान केन्द्र रहने बताए । यसका लागि १३ जना मतदान अधिकृत, १३ जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रका दुई जना सहायक कर्मचारी र एक–एक जना कार्यालय सहयोगी खटिने मुख्य निर्वाचन अधिकृत बरालले जानकारी दिए । 

भोलि मंसिर १२ गते कर्मचारीलाई मतदान सामग्रीसहित १३ वटै मतदान केन्द्रतर्फ परिचालन गर्ने कार्यक्रम छ । ती कर्मचारी सोमबारदेखि आन्तरिक प्रशिक्षणमा व्यस्त छन् ।     

salt training

कमेन्ट गर्नुहोस्