२३ जेठ २०८३, शनिबार

मतगणना एकैपटक गर्ने आयोगको तयारी

कात्तिक २६, २०७४
मतगणना एकैपटक गर्ने आयोगको तयारी

काठमाडौंँ, २६ कात्तिक -  निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार र मतदातामा निकै उत्साह थपिएको छ ।  पहिलो चरणको निर्वाचनका लागि अब दुई सातामात्र बाँकी छ ।  पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मङ्सिर १० गते निर्वाचन हुने भए पनि त्यसको मतपरिणाम थाहा पाउन भने उम्मेदवार र मतदाताले दोस्रो चरणको निर्वाचन सम्पन्न हुँदासम्म पर्खनुपर्नेछ ।  
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन मङ्सिर २१ गते सम्पन्न भएर सबै मतपेटिका सङ्कलन भएपछि मात्र मतगणना गर्ने तयारी गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले बताए, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्