०३ असार २०८३, बुधबार

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

मंसिर १४, २०८१
काठमाडौं
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवर रहेकी छन् । 

कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुधबार काठमाडौं टेकुबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्