०६ साउन २०८३, बुधबार

उपनिर्वाचन सकिएको दुई दिनभित्र सबै नतिजा आउने

मंसिर १५, २०८१
काठमाडौं
उपनिर्वाचन सकिएको दुई दिनभित्र सबै नतिजा आउने

स्थानीय तह उपनिर्वाचन सकिएको दुई दिनभित्र सबै नतिजा आइसक्ने निर्वाचन आयोगले बताएको छ । ४१ स्थानमा आइतबार उपनिर्वाचन हुँदैछ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले तयारी गरेको बताए । उनका अनुसार सोमबार नै अधिकांश स्थानको नतिजा आइसक्नेछ भने त्यसको भोलिपल्ट सबै नतिजा सार्वजनिक गर्नेगरी काम भइरहेको छ ।

आयोगले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको सहयोगको अपेक्षा समेत गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्