२७ असार २०८३, शनिबार

यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

मंसिर १६, २०८१
काठमाडौं
यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

यू–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनमात्रै बनाउन सकेको हो । 

नेपालको लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । उत्तम मगर र अभिषेक तिवारीले २९/२९ रन बनाए । यी तीनबाहेकका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

समूह बीको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । 

यसैले अर्को चरणमा जाने सम्भावना जीवित राख्न नेपाललाई बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाबमा छ । 

यो समूहमा नेपालले अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्