
गुल्मीको मुसिकोट नगरपालिका– १ को वडाअध्यक्ष पदका लागि भइरहेको स्थानीय तह उपनिर्वाचनमा ५४ प्रतिशतले मतदान गरेका छन् ।
अपराहन्न पौने चार बजेसम्म २ हजार २२३ जनाले मतदान गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अधिकृत ऋषिराम घिमिरेका अनुसार सबै मतदान केन्द्रमा मतदाताको संख्या कम हुँदै गएको छ ।
वडामा ४ हजार ५१ जना मतदाता रहेका छन् । वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ ।
वडाअध्यक्षका लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन् । ५ राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्री उम्मेदवार छन् ।
स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापा उम्मेदवार छन् ।