२२ असार २०८३, सोमबार

काठमाडौं- १६ मा ८ बजे सर्वदलीय बैठक, चारपक्षीय प्रतिस्पर्धा हुने सम्भावना

मंसिर १६, २०८१
काठमाडौं
काठमाडौं- १६ मा ८ बजे सर्वदलीय बैठक, चारपक्षीय प्रतिस्पर्धा हुने सम्भावना

स्थानीय तहको उपनिर्वाचनपछि काठमाडौं १६- मा मतगणनाको लागि राति ८ बजे सर्वदलीय बैठक बस्दैछ । त्यसपछि मतगणना गर्ने तयारी भएको छ । काठमाडौं १६ मा १० हजार पाँच सय ५९ मत खसेको छ । 

अघिल्लोपटक कांग्रेसका मुकुन्द रिजालले जितेको यो वडामा उनको निधनपछि आइतबार उपनिर्वाचन भएको हो । 

उपनिर्वाचनमा कांग्रेसबाट देवेन्द्र पाठक, एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धर प्रतिस्पर्धामा छन् ।

अघिल्लोपटक कांग्रेसका रिजालले सहजै निर्वाचन जितेका थिए । रिजाल ४०१९ मत ल्याएर विजयी भएका थिए ।  

तर उनलाई एमालेका लक्ष्मीरत्न तुलाधरले ३३१० मत ल्याएका थिए । कांग्रेसले युवा नेता देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ । एमालेले उनै तुलाधरलाई यसपटक उम्मेदवार बनाएको छ ।

काठमाडौंको प्रतिनिधिसभा ७ नम्बर क्षेत्र पर्ने यो वडामा रास्वपाका गणेश पराजुली जितेका थिए । 

यसैले रास्वपाले पनि यहाँ स्थानीय रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यी तीनमात्रै होइन नेकपा एसका उम्मेदवार मीनबहादुर मानन्धर पनि यसपटक चुनौतीका रुपमा उभिएका छन् । कांग्रेसका एक स्थानीय नेताले काठमाडौं १६ मा चारपक्षीय प्रतिस्पर्धा हुन सक्ने बताए । 

गत स्थानीय तहको निर्वाचनमा नेकपा एसका लक्ष्मण गमालले १५५९ मत प्राप्त गरेका थिए । माओवादीले उम्मेदवार नउठाइ नेकपा एसलाई समर्थन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्