२४ जेठ २०८३, आइतबार
उपनिर्वाचन परिणाम

डोटीको पूर्वीचौकी- ६ मा कांग्रेसका थापाले मारे बाजी

मंसिर १६, २०८१
काठमाडौं
डोटीको पूर्वीचौकी- ६ मा कांग्रेसका थापाले मारे बाजी

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् ।

उनले ४६८ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका देवबहादुर थापालाई १६७ मतले पछि पारे । थापाले ३०१ मत प्राप्त गरे ।

अन्तिम मतपरिणामअनुसार रास्वपाका उम्मेदवार जानकी खड्का कुँवरले ३१ र माओवादीका देवीलाल थापाले २६ मत प्राप्त गरे ।

कुल १,५९३ मतदाता रहेको यस वडामा ८३९ मत खसेको थियो, जसमा १३ मत बदर भएका छन्।

salt training

कमेन्ट गर्नुहोस्