
स्थानीय तह उपनिर्वाचनको जारी मतगणनाअनुसार नेपाली कांग्रेसले १५ वटा वडामा आफ्नो पक्षमा नतिजा ल्याएको छ । यस्तै नेकपा एमालेले एक गाउँपालिका र ५ वडामा जित हासिल गर्दा माओवादी केन्द्रले ४ वटा वडामा आफ्नो पक्षमा नतिजा ल्याएको छ ।
यसैगरी जनता समाजवादीले २, रास्वपा, एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले १–१ वडा जितेका छन् । बाँकी स्थानमा मतगणना जारी रहेको आयोगले जनाएको छ ।
आइतबार ४१ पदका लागि उपनिर्वाचन भएको थियो ।