
जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुरविरुद्ध भिडिरहेको कर्णालीका शिखर धवन आउट भएका छन् ।
उनी १४ बलमा १४ रन बनाएर आउट भएका हुन् । उनलाई जनकपुर बोल्ट्सका हर्ष ठाकेरले आउट गरे ।
यससँगै कर्णाली याक्सको दुई विकेट गुमेको छ । यसअघि कर्णालीका देव खनाल १ रन बनाउँदै आउट भएका थिए ।
जारी खेलमा कर्णालीले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ ।
भारतको राष्ट्रिय टिमबाट लामो समय खेलिसकेका धवन कर्णालीले भित्र्याएका महंगामध्येका एक खेलाडी हुन् ।