२३ जेठ २०८३, शनिबार

जुम्लाको पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार

मंसिर १७, २०८१
काठमाडौं
जुम्लाको पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार

नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका-२ मा नयाँ साइट निर्माण गरी आइतबारदेखि टुजी/फोरजी मोबाइल सेवा सञ्चालन गरिएको हो। 

जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३  अन्तर्गतका  गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायतका नागरिक पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् ।

दूरदराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरूको मागलाई लक्षित गरी भोइस तथा डेटा सेवाको विस्तार गरेको टेलिकमका प्रवक्ता हरि ढकालले बताए । 

यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटक तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने प्रवक्ता ढकालले बताए ।                                                                                                 
 

salt training

कमेन्ट गर्नुहोस्