२९ असार २०८३, सोमबार

‘सोनु निगम लाइभ इन नेपाल’को मुख्य प्रायोजकमा दिपल

मंसिर १८, २०८१
काठमाडौं
‘सोनु निगम लाइभ इन नेपाल’को मुख्य प्रायोजकमा दिपल

​​​​चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतीक्षित ‘सोनु निगम लाइभ इन नेपाल’को मुख्य प्रायोजन दिपलले ​गर्ने भएको छ ।

छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले ​यही २५ डिसेम्बर (पुस १० गते) हुन लागेको उक्त कन्सर्टको मुख्य प्रायोजन गर्ने भएको हो ।

एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दिप क्षेत्र पनि सहभागी थिए ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजकका रूपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । 

त्यसैगरी नेपाली टच इभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरशिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए ।

बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसंगीतबाट भरपूर मजा दिने अपेक्षा दिपलले गरेको छ ।

नेपाली टच इभेन्ट्सको आयोजनामा ‘सोनु निगम लाइभ इन नेपाल’ हायात ग्राउन्डमा आयोजना हुँदैछ ।

 

salt training

कमेन्ट गर्नुहोस्