०३ असार २०८३, बुधबार

मन्दिर खन्ने क्रममा दुईवटा बम फेला पर्‍यो

मंसिर १८, २०८१
चितवन
मन्दिर खन्ने क्रममा दुईवटा बम फेला पर्‍यो

 पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ । कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार जमिन खन्ने क्रममा दुईवटा बम भेटिएका हुन् । ती बम डिस्पोज (निस्क्रिय) गर्नका लागि नेपाली सेनाको टोली परिचालन भएको उनले बताए। सेनाको टोली पुगेसँगै बमको अवस्थाको बारेमा थप जानकारी हुने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्