भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक नेपाल आइपुगेका छन् । उनी शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् ।
निजी भ्रमणको सिलसिलामा रानी तेत्सुन पेमा वाङचुकसहित काठमाडौं आएका वाङचुङ करिब पाँच घण्टा काठमाडौंमा रहने छन् ।
भुटानी राजाको वाङचुङको सवारीका कारण काठमाडौंको सडक अस्तव्यस्त बनेको छ ।
विमानस्थलदेखि स्वयम्भूसम्मको सडक खाली गराउने क्रममा सवारी जाम बढेको हो ।
वाङचुङ स्वयम्भुमा पुगेर पुजापाठगरी बौद्ध जाने र बौद्धमा समेत पुजापाठ गरेर स्वदेश फर्कने कार्यक्रम रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
उनको नितान्त निजी भ्रमण भएकाले कसैसँग भेटघाटको कार्यक्रम तय नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।