
नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको रक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्रै बनायो ।
कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टोबाहेक अन्य खेलाडी ले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बोसिस्टोले ४९ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ६६ रन बनाए ।
यस्तै देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए ।
९ रनमै २ विकेट गुमाएको कर्णालीका लागि बोसिस्टो र देवले तेस्रो विकेटमा १०२ रनको साझेदारी गरेका थिए ।
ओपनर शिखर धवन ५ रनमै आउट भए भने चाडविक वाल्टन र अर्जुन घर्ती समान एक/एक तथा जिसान मक्सुद २ रनमा आउट भए ।
गुल्सन झा र नन्दन यादवले खाता समेत खोल्न सकेनन् ।