२८ जेठ २०८३, बिहीबार

सरकारको सुझाव वेवास्ता गर्दै विदेश भ्रमणमा जाने भइन् राष्ट्रपति

कात्तिक २७, २०७४
सरकारको सुझाव वेवास्ता गर्दै विदेश भ्रमणमा जाने भइन् राष्ट्रपति

काठमाडौं, २७ कात्तिक - प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स ९युएई० भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन्। 
परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठिक नहुने सुझाव केही साता अघि दिएका थिए।
‘यो युएई भ्रमणमा जाने बेला होइन विचार गर्नुस् भन्ने सुझाव प्रधानमन्त्रीले दिनुभएको थियो। तर राष्ट्रपतिले मान्दै मान्नु भएनु, प्रधानमन्त्री निकट स्रोतले भन्यो। राष्ट्रपतिकै जोडबलमा युएई भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको स्रोतले बतायो। कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले विदेश भ्रमणको चाहना राखेको हुँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार चाहीं गरेनन्, आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्