०३ असार २०८३, बुधबार

राष्ट्र बैंक कर्मचारी अवकाशबारे  लोकसेवाले दियो यस्तो  राय

कात्तिक २७, २०७४
राष्ट्र बैंक कर्मचारी अवकाशबारे  लोकसेवाले दियो यस्तो  राय

काठमाडौं, २७ कात्तिक-  लोकसेवा आयोगले कर्मचारी विनियमावलीमा ३० वर्षे सेवाको प्रावधान तत्काल नहटाउन राष्ट्र बैंकलाई राय दिएको छ। राष्ट्र बैंक सञ्चालक समितिले कर्मचारी अवकाशमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाएर ५८ वर्ष पुगेपछि मात्र अवकाश पाउने गरी विनियमावली संशोधन गरेर रायका लागि लोकसेवा आयोगमा पठाएको थियो। आयोगले विनियमावलीमा कर्मचारी अवकाशको प्रावधान तत्काललाई यथास्थितिमै राख्ने निर्णय गरेको हो।
अहिलेको विनियमावलीमा कर्मचारीको सेवा अवधि ३० वर्ष र उमेर ५८ वर्षमध्ये जुन पहिले पुग्छ त्यसकै आधारमा अवकाश पाउने व्यवस्था छ।
विनियमावलीमा कर्मचारी अवकाशको ३० वर्षे सेवा अवधिको प्रवाधान तत्काल हटाउन नहुने निर्णय भएको आयोगका अध्यक्ष उमेश मैनालीले  बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्