२६ असार २०८३, शुक्रबार

एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा लुम्बिनीले जनकपुरको सामना गर्ने

मंसिर २३, २०८१
काठमाडौं
एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा लुम्बिनीले जनकपुरको सामना गर्ने

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज आइतबार पनि दुई खेल हुने भएका छन् । पहिलो खेल बिहान ९:१५ बजे र दोस्रो खेल दिउँसो १:१५ बजेदेखि हुनेछ । 

दिनको पहिलो खेलामा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । लुम्बिनीले जारी एनपीएलमा एक खेल पनि जित्न सकेको छैन । जनकपुर भने अपराजित टोली हो । लुम्बिनीले तीन खेलमा लगातार हार ब्यहोर्दा जनकपुरले लगातार जीत निकालेको छ। 

आइतबारको खेल हारेको खण्डमा लुम्बिनीको प्लेअफ यात्रा कठिन हुनेछ । बुधबार पहिलो खेल खेलेको लुम्बिनीले शुक्रबार, शनिबार क्रमशः दोस्रो र तेस्रो खेल खेलेको थियो । 

दिनको दोस्रो खेलमा अर्को अपराजित टोली सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ । 

शनिबार भएका खेलमा सुदूरपश्चिमले लुम्बिनी र कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्