०३ असार २०८३, बुधबार

कमेडियन महराको सडक दुर्घटनामा मृत्यु

मंसिर २६, २०८१
काठमाडौं
कमेडियन महराको सडक दुर्घटनामा मृत्यु

कमेडियन हिक्मत महराको सडक दुर्घटनामा मृत्यु भएको छ ।

‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका महराको मंगलबार राति कैलालीको गोदावरी नगरपालिका– ४, गोदावरीस्थित भीमदत्त राजमार्गमा भएको दुर्घटनामा मृत्यु भएको हो ।

उनले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार दुर्घटनामा घाइते भएका चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षीय महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

‘कमेडी च्याम्पियन’ सिजन २ मा उनी उत्कृष्ट ४ मा पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्