२५ असार २०८३, बिहीबार

वाम-गठबन्धनका कारण काँग्रेसलाई बहुमत ल्याउन कठिनः सुजाता

कात्तिक २७, २०७४
वाम-गठबन्धनका कारण काँग्रेसलाई बहुमत ल्याउन कठिनः सुजाता

विराटनगर, २७ कात्तिक - नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँग्रेस नेतृत्वले पार्टीका सबै कार्यकर्तालाई मिलाएर लगेमा निर्वाचनमा विजय हुने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै उहाँले वर्तमान अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर हिँडेमा मात्र जनताले काँग्रेसलाई विश्वास गर्ने धारणा व्यक्त गर्नुभयो । 

नेत्री कोइरालाले वाम गठबन्धनका कारण आगामी निर्वाचनबाट नेपाली काँग्रेसलाई बहुमतको सरकार निर्माण गर्न अप्ठ्यारो रहेको चर्चा गर्दै पार्टीले जनतासमक्ष आफ्नो आगामी दिनमा गर्ने कार्यको मार्गचित्र प्रष्टसँग राखेमा मात्र बहुमत आउने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले पार्टीभित्र रहेको विवाद समाधान गर्न नेतृत्वले सही निर्णय लिनुपर्ने आवश्यकता आँैल्याउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्