
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका मन्त्री तथा सचिवहरुलाई बजेट, कार्यक्रम तथा योजना कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
चालु आर्थिक वर्षको मन्त्रालयगत समीक्षापछि प्रदेशका मन्त्री र सचिवलाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले सुधारका नाममा काम रोक्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिए । “समस्या देखियो भनेर कामबाट पन्छिने काम नगर्नुस्,” उनले भने, बरु नियमसंगत रुपमा अड्केको कसरी फुकाउन सकिन्छ । त्यतातर्फ लाग्नुहोस ।”
बजेट कार्यान्वयन र सेवा प्रवाहमा सहजता ल्याउने नीतिगत काम मन्त्री र सचिवको भएको बताउदै मुख्यमन्त्री कडेलले एउटै फाइल दुई महिनासम्म घुमिरहने तर काम नहुने प्रवृतिको अन्त्य हुनुपर्नेमा जोड दिए ।
नागरिकको तहबाट उठेका विभिन्न टिप्पणीहरुलाई कानूनसम्मत तरिकाले सम्बोेधन गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री कँडेलले अनुशासन कायम गर्ने नाममा कार्यसम्पादनमा नै प्रश्न चिन्ह खडा गर्ने तरिकालाई बदल्न समेत आग्रह गरे ।