२७ जेठ २०८३, बुधबार

नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ

मंसिर ३०, २०८१
काठमाडौं
नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ

नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन् । 

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

'भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ गरेको हो,' उनले भने ।​​ ​

श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका उनले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी रु ३९ करोड ८९ लाख हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ । 

पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेश गरिने प्रवक्ता अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्