२९ जेठ २०८३, शुक्रबार

कानून विपरीत रविको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्छौं : कास्की प्रहरी

पुस ४, २०८१
काठमाडौं
कानून विपरीत रविको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्छौं : कास्की प्रहरी

कास्की प्रहरीले आफ्नो हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्वीर कानून विपरीत सार्वजनिक गर्नेलाई कारबाही गर्ने बताएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी, डीएसपी बसन्त कुमार शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकरात्मक प्रभाव पार्नेगरी तस्वीर सार्वजनिक भएको भन्दै संलग्नलाई कानूनी कारबाही गर्ने जनाएका छन् । 

डा निकोलस भण्डारीको फेसबुक पेजबाट तस्वीर सार्वजनिक भएपछि प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण भएको अनधिकृत तस्वीरप्रति जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको डीएसपी शर्माले बताएका छन् ।

‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारबाही गरिने’, विज्ञप्तिमा भनिएको छ, ‘र, नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछ ।’

गोपनियता कायम राख्नुपर्ने विषयमा संवेदनशील रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिन प्रहरीले सबैमा अनुरोध गरेको छ । 

लोकान्तरसँग कुरा गर्दै भुसालले आफूले मंसिर २९ गते शनिबार प्रहरी कन्ट्रोल रुमबाट फोटो खिचेको स्वीकारेका छन् ।

उनी चिनेका एक प्रहरीमार्फत कन्ट्रोल रूमसम्म पुगेको स्रोतको दाबी छ ।

null

salt training

कमेन्ट गर्नुहोस्