११ साउन २०८३, सोमबार
सेतो प्लेटमै चले पर्यटक बस

लुम्बिनीमा वर्षौंदेखि थन्किएका विद्युतीय बस कानूनी प्रक्रिया पूरा नगरी फेरि सञ्चालन

पुस ४, २०८१
बुटवल
लुम्बिनीमा वर्षौंदेखि थन्किएका विद्युतीय बस कानूनी प्रक्रिया पूरा नगरी फेरि सञ्चालन

चौतर्फी आलोचना भएपछि ६ वर्षदेखि लुम्बिनीमा थन्किएका विद्युतीय सवारी बिहीबारदेखि चलाउन थालिएको छ । तर, कानूनी प्रक्रिया भने पूरा गरिएको छैन । 

रुपन्देही क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाको जोडबलमा कानूनी प्रक्रिया नै पूरा नगरी विद्युतीय बस सञ्चालनमा आएका हुन् ।

यसअघि २०७९ को निर्वाचनताका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि झण्डै एक महिना विभिन्न रूटमा बस चलाइएका थिए । तर, कानूनी अड्चनकै कारण सञ्चालन स्थगित गरिएको थियो । 

लुम्बिनीलाई प्रदूषणरहित बनाउँदै पर्यटकको सुविधाका लागि भनेर ६ वर्षअघि (२०७७ मा) भित्रिएका ‘इलेक्टिकल भेहिकल’ खुल्ला आकाशमा घाम तापेरै थोत्रिइरहेका थिए ।  एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकका लागि बुद्ध सर्किटमा सञ्चालन गर्ने गरी अत्याधुनिक सुविधासहितका ५ वटा बस र १४ वटा भ्यान/कार ल्याइएका थिए ।

यी विद्युतीय सवारी एडीबीको अनुदान सहयोगमा ‘क्लीन इनर्जी प्रोजेक्ट’ अन्तर्गत १३ करोड रूपैयाँ लागतमा कोषलाई प्राप्त भएका थिए । सवारी साधन भित्र्याउँदा मात्रै ३ करोड ५० लाख बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको थियो । यिनै सवारी साधनका लागि भनेर लुम्बिनीमा १३ करोड ९० लाख रूपैयाँ लगानीमा १७ स्थानमा चार्जिङ स्टेसन समेत बनिसकेका छन् ।

१९ सीट क्षमताका बसमा उभिँदा ३५ जनासम्म अटाउँछन् । बस अपांगमैत्री छन् । स्वचालित खुल्ने ढोकावाला गाडीमा आनन्ददायी सीट छन् । कार्डले स्टार्ट हुने गरी आवाजरहित व्यवस्था छ । एकपटक ‘फूल चार्ज’ गरे ४०० किलोमिटर गुड्न सक्ने बताइएको छ । 

आपतकालीन अवस्थाका लागि ठूल्ठूला ढोका छन् । बस रोक्नका लागि सिटसिटमा बेलबटम छन् । थिच्नासाथ चालक छेउको बत्ती बल्छ । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका २ वटा मिनी बस एकैपटक ‘क्विक चार्ज’ गर्न सकिन्छ । 

पहिलो चरणमा पाँच वटा बसमध्ये दुई वटा बस चल्नेछन् । एउटा बस बुटवल– गौतम बुद्ध विमानस्थल–लुम्बिनीर रूटमा र अर्को नेपाल–भारत सीमानाका बेलहिया–भैरहवा–एयरपोर्ट हुँदै लुम्बिनीसम्म सञ्चालन गर्ने कोषका उपाध्यक्ष डा.लामाले बताए । 

परीक्षणका रूपमा चलाइएका बसको भाडा तोकिएको छैन । गाडीभित्र ‘डोनेसन’ बक्स राख्ने र यात्रुहरूले स्वेच्छाले भाडा तिर्न सक्ने उनले बताए । 

सेतो नम्बर प्लेटका गाडी हरियोमा ‘कन्भर्ट’ गर्नुपर्ने कानूनी उल्झनलाई समाधान गर्ने प्रदेश सरकारको निर्णयलाई यातायात व्यवस्था कार्यालयले नमान्दा सेतो नम्बर प्लेटमै सञ्चालन थालिएको हो । 

null

८ वैशाख २०८० मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दाताबाट अनुदानबाट प्राप्त गाडीलाई सेतोबाट हरियो नम्बर प्लेटमा रूपान्तरण गरी सेवा दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

सांसद घिमिरेले कानूनी अड्चनका कारण सञ्चालनमा नआएको विद्युतीय बस अब दिगो रूपमा सञ्चालन हुने बताए । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दाताले दिएको विद्युतीय बस सञ्चालनका लागि प्रशासनका तर्फबाट सक्दो सहयोग गर्ने बताए । 

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले हरियो नम्बर प्लेटमा रूपान्तरण गर्न नसक्दा बस सञ्चालन गर्न नसकेको बताउँदै दिगो सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)को संयोजकत्व ३ सदस्यीय कार्यदल बनाएर बस सञ्चालनका लागि कार्यविधि नै तयार पारिएको थियो । 

सरकारी नम्बर प्लेट हरियो बनाउने कानून नभएपछि प्रदेश सरकारले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरे पनि कार्यान्वयन नहुँदा लामो समसयसम्म बस सञ्चालन गर्न नसकिएको कोषाध्यक्ष भट्टराईले बताए । 

salt training

कमेन्ट गर्नुहोस्