२८ जेठ २०८३, बिहीबार

बंगलादेशसँग पराजित भएपछि एसिया कप यू–१९ बाट बाहिरियो महिला टोली

पुस ५, २०८१
काठमाडौं
बंगलादेशसँग पराजित भएपछि एसिया कप यू–१९ बाट बाहिरियो महिला टोली

नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटबाट बाहिरिएको छ । 

मलेसियामा शुक्रबार भएको खेलमा बंगलादेशसँग ९ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

वर्षाले ११ ओभर छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ५४ रन बनाएको थियो ।

तर नेपालले दिएको सामान्य लक्ष्य बंगलादेशले १ विकेट गुमाएर ७ बल बाँकी छँदै पूरा गर्‍यो । 

नेपालले प्रतियोगितामा पाकिस्तानलाई पराजित गरेको थियो । वर्षाले गर्दा भारत र श्रीलंकाविरुद्धको खेलमा एक/एक अंक बाँडेका थिए ।

नेपाललाई पराजित गरेको बंगलादेश र भारत फाइनलमा पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्