३० जेठ २०८३, शनिबार

भाटभटेनीलाई दुई लाख जरिवाना

पुस ५, २०८१
काठमाडौं
भाटभटेनीलाई दुई लाख जरिवाना

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना गरेको छ ।

वासी, सडेगलेको र कीरा लागेको खाना बेचेको गुनासो गरेपछि महानगरबाट स्थलगत अनुगमन गर्दा ड्राई कोकोनट नाम रहेको प्याकेजमा ढुसीजन्य पदार्थ फेला परेपछि जरिवाना गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए ।

‘भाटभटेनीले महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) र (ड) बमोजिम कसुर गरेको पाइएकाले सोही ऐनको दफा ३० (१), (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ,’ महानगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जरिवाना रकम महानगरको राजश्व खातामा जम्मा गरी अब उप्रान्त बिक्री गर्दा प्रचलित नेपालको कानूनको अधीनमा रही वस्तु उच्च गुणस्तर र खाद्य योग्य भएको निश्चित गरी मात्रै बिक्री गर्ने प्रबन्ध मिलाउनुहोला ।’

salt training

कमेन्ट गर्नुहोस्