२१ जेठ २०८३, बिहीबार

तेह्रथुममा टिकटक बनाउने क्रममा नर्ससहित दुईजनाको मृत्यु

पुस ६, २०८१
तेह्रथुम
तेह्रथुममा टिकटक बनाउने क्रममा नर्ससहित दुईजनाको मृत्यु

 खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो । 

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।

आज अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए । शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्