
म्याग्दी २८ कात्तिक - म्याग्दीको बेनी नगरपालिका १ अर्जममा नेपाली कांग्रेसका उम्मेदवारलाई लक्षित गरेर माइन बम विष्फोट गराइएको छ । बेनी नगरपालिका १ अर्जममा घरदैलो गरिरहेका कांग्रेस प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गुर्वजा सहितको टोलीलाई लक्षित गरेर बम पड्काइएको हो ।
घटनाबाट कुनैपनि मानविय क्षति भएको छैन । नेता कार्यकर्ता चढेको सवारीमा सामान्य क्षति पुगेको छ ।
टोलीमा लोकतान्त्रिक गठबन्धनका प्रदेश क्षेत्र नम्बर क का उम्मेद्वार भिमप्रसाद गौचन पनि थिए ।
घटना लगत्तै रन्नेचौर प्रहरी युनिट र भुकण्डेको सशस्त्र प्रहरीको सुरक्षा जनशक्क्ति बढाएको जिल्ला प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिईन ।