२८ असार २०८३, आइतबार
सहकारी ठगी प्रकरणको मुद्दा

पक्राउ परेको ६५ दिनपछि रविविरुद्ध कास्की अदालतमा ४ सय पेजको आरोपपत्र

पुस ७, २०८१
पाेखरा
पक्राउ परेको ६५ दिनपछि रविविरुद्ध कास्की अदालतमा ४ सय पेजको आरोपपत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ४ सय पृष्ठको आरोपपत्र पेस गरिएको छ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र पेस गरिएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविसहित पाँच जनाविरुद्ध अदालतमा अभियोगपत्र पेस गरेको जनाएको छ । 

पूरक जाहेरी लिएपछि पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, नेटवर्कका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध छुट्टाछुट्टै मागदाबी गरिएको छ । 

अहिले अदालतमा सरकारी वकिलले पेस गरेको आरोपपत्र रूजु गर्ने काम भइरहेको छ । 

सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसबीचमा उनीसँग कास्कीका अलवा रुपन्देही, काठमाडौं, चितवन र पर्सामा समेत बयान लिइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्