०९ साउन २०८३, शनिबार
सहकारी ठगी प्रकरण

शेयर बापतको ७५ लाख गोरखा मिडियाको खातामा जम्मा भएको लामिछानेको स्वीकारोक्ति

पुस ७, २०८१
काठमाडौं
शेयर बापतको ७५ लाख गोरखा मिडियाको खातामा जम्मा भएको लामिछानेको स्वीकारोक्ति
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्वेट शेयर बापत ७५ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा जम्मा भएको बयानमा स्वीकार गरेका छन् ।

'गोरखा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा  रहेको खातामा २०७७ माघ ८ गते ७५ लाख जम्मा रकम गितेन्द्रबाबु राईबाट सम्झौता र समझदारी बमोजिम मेरो १५ प्रतिशत स्वेट इक्विटीको लागि लिइएको हो । उक्त रकम छोटो समयमा नै गोरखा मिडिया नेटवर्क प्रालिको बैंक खातामा जम्मा गरेको हुँ,' प्रहरी समक्ष उनले गरेको बयानमा उल्लेख छ । 

साथै उनले गोरखा मिडियामा १५ प्रतिशत शेयर रहेको पनि स्वीकारेका छन् ।

गोरखा मिडियामा आधिकारिक प्रबन्ध निर्देशकको जिम्मेवारी २०७७ पुस २५ को निर्णय बमोजिम पुस ३० गते नियुक्ति पत्र दिइएको उनले बयानमा खुलाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्