०६ साउन २०८३, बुधबार
रविविरुद्ध सहकारी ठगी मुद्दा

‘सहकारीसँगको कारोबारमा अनभिज्ञ रहेको रविको दाबी खण्डित हुने देखिन्छ, आपराधिक दायित्व ब्यहोर्नुपर्छ’

पुस ७, २०८१
काठमाडौं
‘सहकारीसँगको कारोबारमा अनभिज्ञ रहेको रविको दाबी खण्डित हुने देखिन्छ, आपराधिक दायित्व ब्यहोर्नुपर्छ’

गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको समयमा सहकारी संस्थासँगको कारोबारमा अनभिज्ञ रहेको भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दाबी खण्डित हुने जिल्ला सरकारी वकिलको कार्यालयले निष्कर्ष निकालेको छ ।

लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीसहितका ३ कसुरमा दायर गरिएको अभियोजन पत्रमा प्रबन्ध निर्देशकको रूपमा लामिछानेले आपराधिक दायित्व ब्यहोर्नु पर्ने दाबी गरिएको छ । 

‘... निज सञ्चालक रहेको गोरखा मिडिया नेटवर्क प्रालिको सरकारी संस्थासँगको कारोबारको विषयमा आफू अनभिज्ञ रहेको विषय खण्डित हुने देखिन्छ । यी प्रतिवादी गोरखा मिडिया नेटवर्क प्रालिमा अपचलन भइ गएको रकममा आपराधिक दायित्व ब्यहोर्नु पर्ने...’ अभियोजन पत्रमा उल्लेख छ (हेर्नुहोस् अभियोजन पत्रको अंश) ।

null

सहकारी ठगीको अनुसन्धानका लागि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध आइतबार मात्र जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

अभियोजन पत्रका सहकारी ठगीमा लामिछानेको संलग्नता पुष्टि हुने भन्दै ३ करोड ३९ लाख बिगो मागदाबी गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्