११ साउन २०८३, सोमबार

निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

पुस ८, २०८१
काठमाडौं
निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

 निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु गरेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले आज संयुक्त रूपमा ‘परम्परागत चिनियाँ अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’ को उद्घाटन गरे । 

मन्त्री गुप्ताले यस चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताए । 
नेपालमा लागि चीनका राजदूत सोङ्गले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधी पौडेलले अस्पतालले अबदेखि चिनियाँ चिकित्सा पद्धति सेवा उपलब्ध गराउने बताए । उनका अनुसार चीन सरकारले जनशक्ति, औषधि र प्रविधिसहित हाल दुई जना चिकित्सक उपलब्ध गराएर सेवा दिइने छ । 

salt training

कमेन्ट गर्नुहोस्