१९ असार २०८३, शुक्रबार

१० लाख घुस लिँदै गर्दा यी कर्मचारी अख्तियारको फन्दामा

कात्तिक २९, २०७४
१० लाख घुस लिँदै गर्दा यी कर्मचारी अख्तियारको फन्दामा

काठमाडौँ, २९  कात्तिक -  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपियाँ घुससहित पक्राउ गरेको छ ।  अख्तियारको केन्द्रीय कार्यालयको विशेष टोलीले पौडेललाई नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पक्राउ गरेको हो ।  पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका छन्, गोरखापत्रमा खबर छ  ।  
घुस लिँदै गरेको अवस्थामा नेपाल प्रहरीको एसपी कमान्डको टोलीले विशेष सुराकका आधारमा पौडेल र केसीलाई पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दियो ।  रकम असुलीको प्रयोजनबारे अनुसन्धान भइरहेको छ ।  अख्तियारले वैदेशिक रोजगार विभाग र यसका कार्यालयलाई विशेष निगरानीमा अपरेसन गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्