३१ असार २०८३, बुधबार

सामान बाँध, ओबामा, हामीलाई उपदेश नदेऊ : उत्तर कोरिया

कात्तिक २०, २०७४
सामान बाँध, ओबामा, हामीलाई उपदेश नदेऊ : उत्तर कोरिया
काठमाडौं, ४ माघ — अमेरिकी राष्ट्रपति बाराक ओबामाले झिटीगुन्टा कस्नुका साटो आफूहरूलाई मानवअधिकारको उपदेश दिएको भन्दै उत्तर कोरियाले आलोचना गरेको छ ।


उत्तर कोरियाले आफ्ना नागरिकको मानवअधिकार सम्मान गर्न नसकेकाले उसविरुद्ध थप प्रतिबन्ध लगाइएको भनी ओबामा प्रशासनले एक प्रतिवेदन सार्वजनिक गरेपछि उत्तर कोरिया क्रुद्ध भएको हो । म्याद सकिएको ओबामा प्रशासनले आफूविरुद्ध शत्रुतापूर्ण नीति राखेको उसको दाबी छ ।

अमेरिका आफैंले मानवअधिकारको सम्मान नगर्ने भएकाले अर्कालाई मानवअधिकारको पाठ पढाउँदै हिँड्न उसलाई नसुहाउने उत्तर कोरियाको मुखपत्र केसिएनएले लेख्यो ।

‘ओबामाले अर्काको मानवअधिकार विषयमा बोलेर समय नष्ट गर्नुभन्दा झिटीगुन्टा कस्नतिर ध्यान दिनु ठीक हुन्छ,’ केसिएनएमा लेखिएको छ ।

‘ओबामाले आफ्नो कार्यकालमा अनेकौं देशमा मानवअधिकार स्थिति बिगारेकोमा क्षमा माग्नुपर्छ किनकि उनका कारण अमेरिकीहरू र अन्य देशका नागरिकले दुःख पाएका छन् ।’

ओबामा प्रशासनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

सिएनएन

salt training

कमेन्ट गर्नुहोस्