१६ असार २०८३, मंगलबार

८ वर्षीया बालिका र १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

पुस १३, २०८१
काठमाडौं
८ वर्षीया बालिका र १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

८ वर्षीया बालिका र १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौं र भक्तपुरबाट एक/एक जना पक्राउ परेका छन् ।

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भारत मोतिहारी दरपाथाना घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ वज्वलेक मेडिसिन प्रालिमा काम गर्ने २६ वर्षीय राजु श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको हो । 

राजुले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यता, भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-२ घर भई भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय टेकबहादुर माझी पक्राउ परेका छन् । 

माझीले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्