३१ असार २०८३, बुधबार

शो बन्द भयो तर बानी सुध्रिएन कपिल शर्माको, घन्टौं कुराए अक्षयलाई

कात्तिक २९, २०७४
शो बन्द भयो तर बानी सुध्रिएन कपिल शर्माको, घन्टौं कुराए अक्षयलाई

काठमाडौं, २९ कात्तिक — हिट कमेडी शो द कपिल शर्मा शो अहिले बन्द भइसकेको छ । तर कपिल शर्माले पहिलाजस्तै स्टारहरूलाई कुराउने बानी छोडेका छैनन् । 

केही दिनअघि उनले अक्षय कुमारलाई ६ घन्टा कुराए । आफ्नो फिल्म फिरंगीको प्रमोसनमा व्यस्त कपिल द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जका लागि शूट गर्न पुगेका थिए । अक्षय उक्त शोका जज हुन् । तर कपिल सेटमा समयमा पुगेनन् र उनीविना नै शूटिङ गर्नुप–यो । 

सञ्चारमाध्यममा आएअनुसार, अक्षय कुमार कपिलसँगको स्पेसल एपिसोड बिहान छिट्टै शुरु गर्न चाहन्थे । तर कपिलको टीमले समय सारेर ११ बजे पु–यायो । 

लगभग साढे १० बजे सबैजना सेटमा पुगे । तर कपिल कतै देखापरेनन् । अझ उनको फोन पनि लागिरहेको थिएन । 

दिउँसो २ बजेसम्म पनि कपिलको टीमका सदस्यले उनी कहाँ छन् थाहा पाएनन् ।

लामो प्रतीक्षापछि अक्षयले कपिलविना नै शूटिङ गर्ने सल्लाह दिए । पछि पो बल्ल कपिलका टीमका एकजनाले कपिललाई सञ्चो नभएको र चिकित्सकले उनलाई आराम गर्ने सल्लाह दिएको बताए । 

त्यसपछि स्क्रिप्ट परिवर्तन गरियो र शोको शूटिङ भयो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्