१५ असार २०८३, सोमबार

३ लाख रुपैयाँ घुससहित काठमाडौँबाट एक जना पक्राउ

पुस १४, २०८१
काठमाडौं
३ लाख रुपैयाँ घुससहित काठमाडौँबाट एक जना पक्राउ

 काठमाडौँको ताहाचलस्थित राष्ट्रिय किताबखानामा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार  ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । 

 पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा उनलाई टङ्गालबाट खटिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको हो । 

उनले  सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

salt training

कमेन्ट गर्नुहोस्