
नेपालका लागि चांगान तथा दिपलका फ्यचरिस्टिक ईभीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि अटोकर्प प्रालि चांगानको प्रतिष्ठित 'साङ्ग्रिला न्यु इनर्जी नीति अवार्ड'बाट सम्मानित भएको छ ।
विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुर्याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्त्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले एमएडब्लू वृद्धिलाई उक्त अवार्ड प्रदान गरेको हो ।
एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी 'चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स'मा यो अवार्ड हस्तान्तरण गरिएको हो ।
हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालिन गतिशीलतामा एमएडब्लू वृद्धिको प्रतिबद्धता र नेपालमा ईभीको सफल प्रवर्द्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ ।
'यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,' अवार्ड ग्रहण गरेपछि अध्यक्ष अग्रवालले भने, 'हामी सफल भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिवद्ध रहनेछौं ।'
दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लूले फ्युचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरूमार्फत नेपालको ईभी क्रान्तिलाई अघि बढाइरहेको छ ।