![भारतमा नेपालीमाझ राजेश हमालको यस्तो क्रेज? [भिडियो]](https://lktcdn2.prixacdn.net/media/rajesh_hamal-_3gPWRH6o6p.jpg)
काठमाडौं, २९ कार्तिक – महानायक राजेश हमाल आजभोलि त्यति चर्चामा आउँदैनन् । फाटफुट विज्ञापनमा बाहेक उनलाई खासै कतै देख्न पाइँदैन । बाग्मती, शकुन्तला जस्ता चलचित्रबाट पनि उनले सोचेअनुरुप सफलता हासिल गर्न सकेनन् । तर राजेश हमालको क्रेज अझै पनि उस्तै देखिन्छ ।

भारत भ्रमणमा निस्केका अभिनेता राजेश हमाल आजभोलि पनि उत्तिकै चर्चित छन् । आफ्नी पत्नी मधुसँग भारत भ्रमणका क्रममा चण्डीगढ पुगेका अभिनेता हमाललाई त्यहाँका नेपाली घेरेका छन् ।
राजेश हमालले आफ्नो फेसबूकमा शेयर गरेको एक भिडियोमा उनको क्रेज देखिएको हो । फेसबूकमार्फत आफ्ना फ्यानलाई उनले उक्त भिडियो शेयर गरेका छन्, जुन भिडियोमा राजेश हमाललाई पत्नी मधुसँगै कार्यक्रममा जाँदै गरेको देख्न सकिन्छ र स्थानीयलाई उक्त भीड मिलाउन समेत हम्मेहम्मे परेको देखिन्छ ।
सामाजिक सञ्जाल फेसबूकमा हमालले लेखेका छन्, ‘दर्शकलाई मेरो माया, आज चण्डिगढको रमाइलो साँझ ।’
भिडियो हेर्नुस्ः
साथै हमालले आफ्नो फेसबूकमा चण्डीगढ र भारतका अन्य स्थानका तस्वीर पनि शेयर गरेका छन् ।
