१० साउन २०८३, आइतबार

‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’

पुस १९, २०८१
धनुषा
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयतालाई थप मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्ने बताएका छन् । 

आज आयोजित मधेस प्रदेशबाट नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पत्रकारहरूको सम्मान बधाई तथा शुभकामना कार्यक्रममा उनले सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन यथाशीघ्र हुनुपर्ने उल्लेख गरे।  

नेता निधिले सङ्घीय, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका साथै गणतन्त्रलाई बलियो बनाउन नवनिर्वाचित पत्रकार महासङ्घको नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

प्रदेशबाट महासङ्घको निर्वाचनमा निर्वाचित सबै तहका पदाधिकारीहरूलाई नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले स्वागत गरेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामकृष्ण यादव, मधेस प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभाका सांसद रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारलगायत नेताहरू सहभागी  थिए । 

salt training

कमेन्ट गर्नुहोस्