३० जेठ २०८३, शनिबार

आँधीखोलामा तटबन्ध निर्माण​​

पुस २०, २०८१
स्याङ्जा
आँधीखोलामा तटबन्ध निर्माण​​

नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ ।

गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।​

आँधीखोला गाउँपालिका, पुतलीबजार, भीरकोट र वालिङ नगरपालिका भएर बग्ने आँधीखोलामा तटबन्धनको काम शुरू भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख किरण आचार्यले बताए ।

धेरै कटान भएका स्थानमा तटबन्ध निर्माण गरिएको हो ।

सिँचाइ डिभिजन कार्यालय र पालिकासँगको सहकार्य र लागत साझेदारीमा तटबन्ध गरिएको जानकारी उनले दिए ।

आठ करोडको लागतमा थालिएको निर्माण आगामी २०८३ वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ ।

salt training

कमेन्ट गर्नुहोस्