२६ असार २०८३, शुक्रबार

२३ वर्षीय देवबहादुर ओखलढुंगामा मृत फेला, गौशाला घटनाका आरोपी भएको आशंका

पुस २०, २०८१
काठमाडौं
२३ वर्षीय देवबहादुर ओखलढुंगामा मृत फेला, गौशाला घटनाका आरोपी भएको आशंका

ओखलढुंगाको सुनकोशी गाउँपालिका–३, सिस्नेरीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । शनिबार दिउँसो २३ वर्षीय देवबहादुर थापा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । 

उनी काठमाडौंको गौशाला पिंगलास्थानस्थित होटलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका व्यक्ति भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

‘सुनकोशी गाउँपालिका–३, सिस्नेरीमा देवबहादुर थापा नाम गरेका २३ वर्षीय युवक झुण्डिएको अवस्थामा फेला परेका छन् । गौशाला घटनासँग जोडिएका देवबहादुर यिनै हुन् या अरु नै हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी कृष्ण खड्काले भने । 

सुस्मिता बुधबार काठमाडौं महानगरपालिका–९ गौशालास्थित, बागमती होटलको कोठा नम्बर ३०८ मा मृत भेटिएकी थिइन् । उनीसँगै होटलमा बसेका देवबहादुर थापा नाम गरेका २३ वर्षीय युवक भने फरार थिए । प्रहरीले उनको खोजी तीब्र पारेको थियो । 

देवबहादुर जापानबाट गत मंसिर ३० गते मात्र नेपाल आएका थिए । विगत ३ वर्षदेखि जापानमा बसेका देवबहादुरको सुस्मितासँग प्रेम सम्बन्ध रहेको आफन्तले प्रहरीलाई बताएका छन् । 

सुस्मिताको हत्या नै भएको प्रहरीले निष्कर्ष निकालेको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी सुस्मिता बसेको होटलको कोठा बुधबार अबेरसम्म नखोलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयको रोहवरमा ढोका खोल्दा सुस्मिता मृत अवस्थामा भेटिएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्