०२ साउन २०८३, शनिबार

समसामयिक राजनीति र आन्तरिक संगठनका विषयमा छलफल गर्न रास्वपाको लगातार बैठक

पुस २१, २०८१
काठमाडौं
समसामयिक राजनीति र आन्तरिक संगठनका विषयमा छलफल गर्न रास्वपाको लगातार बैठक

समसामयिक राजनीति र पार्टीका आन्तरिक संगठनसहितका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आइतबार पनि जारी छ । काठमाडौं स्वयम्भूस्थित स्टार भेन्युमा दोस्रो दिनको बैठक जारी रहेको रास्वपाले जनाएको छ । 

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि रास्वपाले केन्द्रीय समिति बैठक बोलाएर छलफलमा जुटेको हो । रास्वपामा डोलप्रसाद अर्याल कार्यवाहक सभापति भएपछिको यो पहिलो केन्द्रीय समिति बैठक हो । 

रास्वपाले पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने, पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पूरा गर्न राष्ट्रव्यापी संगठन निर्माणमा जुट्ने अभियानसहित छलफलमा जुटेको हो । 

रास्वपाको शनिबार बसेको बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरूले सिफारिस गरेको विज्ञ सदस्यहरू रहेको जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनालाई सहयोग निर्णय गरेको थियो  । यसका लागि सहजीकरण गर्न जिल्ला अनुसारको कार्यदल निर्माण गर्नेबारे रास्वपाले छलफल गरेको थियो ।

null

कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरू निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरूलाई सहजीकरण गर्ने छ । यस अभियान यही माघ २ गतेबाट शुरू गरी दुई महिनासम्म सञ्चालन हुने भएको छ ।

हालै अध्यादेशमार्फत ल्याइएको सहकारी सम्बन्धी विधेयकका सम्बन्धमा समेत बैठकमा छलफल भइरहेको रास्वपाले जनाएको छ । शनिबार बसेको बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिका सन्दर्भमा जानकारी गराएका थिए । पार्टीका प्रदेश महामन्त्रीहरूले स्थानीय तहको उपनिर्वाचनमा समीक्षा प्रतिवेदन पेश गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्